दक्षिण अफ्रिकाका फास्ट बलर स्टेनद्वारा सन्यासको घोषणा
मेरोन्यूज
२०७८ भदौ १५ गते १७:२५

काठमाडौँ । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टायनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनी क्रिकेटको इतिहासमा एक उत्कृष्ट फास्ट बलर हुन् ।
स्टेनले मंगलबार सामाजिक सञ्जालबाट सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । ३८ वर्षीय स्टेनले एक विज्ञप्ति निकाल्दै १७ वर्षे क्रिकेट करिअरबाट बिदा लिएका हुन् ।
स्टेनले दक्षिण अफ्रिकाका लागि ९३ टेस्ट, एक सय २५ एक दिवसीय र ४७ टी ट्वान्टी खेलेका छन् । उनले टेस्टमा ४ सय ३९ विकेट लिएका छन् ।
यस्तै, एक दिवसीयमा एक सय ९६ विकेट र ६४ टी ट्वान्टी विकेट लिएका छन् ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया