नेप्सेमा ६९ अंकले ओरालो

काठमाडौैं । मौद्रिक नीतिले कर्जाको सीमा तोकेसँगै शेयर बजारमा बिक्री चाप बढ्न थालेको छ । जसले गर्दा पछिल्लो समय शेयर कारोबार ऋणात्मक बन्दै गएको छ ।
काराबार हुने साताको तेस्रो दिन आज मंगलबार शेयर कारोबार मापक नेप्से परिसुचक ६९ दशमलब ५ बिन्दुले ओरालो लागेर २ हजार ९ सय ७५ दशमलब ८४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलब २७ प्रतिशतले कमी हो ।
कूल २ सय २७ कम्पनीको १ लाख ३० हजार ७ सय ७४ कारोबारबाट १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरका २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
उच्च रुपमा ओरालो लागेको बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक घट्न पुगेको छ । जसमा जीवन बीमा समुहको परिसुचक ४ सय ४७ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ३ सय ७२ अंकको गिरावट आएको छ ।
शेयर बजारमा बिकास बैंक समुहको परिसुचक २ सय ५ अंकले घट्दा जलविद्युत समुहको परिसुचकमा १ सय २४ अंकको गिरावट आएको छ ।
यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा २२ अंकको गिरावट आउँदा उत्पादनमुलक १ सय ९८ र फाइनान्स समुहको परिसुचक १ सय १ अंकले ओरालो लागेको छ ।
लगानीकर्ता नवराज अधिकारीले भने ‘ठूलो मात्रामा कर्जा लिएर शेयर खरिद गरेका लगानीकर्ताले बिक्रि गर्न थाल्दा शेयरमा नकारात्मक सन्देश देखिएको हो ।’

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया