लगानी र व्यापार विस्तारमा परिसंघ र बंगलादेशी राजदूतबीच छलफल
काठमाडौँ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।
परिसङ्घसँग आज भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको जानकारी दिँदै उहाँले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए । “नेपाल–बङ्गलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्”, उनले भने ।
राजदूत चौधरीले नेपालको पर्यटन बङ्गलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यका रूपमा रहेको पनि उल्लेख गरे । नीतिगत सुधार र उद्योगलाई दिएको सहुलियत एवं संरक्षणका कारण बङ्गलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै उनले नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने बताए ।
परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र त्यसमा बङ्गलादेशी लगानीकर्ता आकर्षित हुनसक्ने बताए । बङ्गलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उनले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालबाट विद्युत् निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गरे ।
अध्यक्ष अग्रवालले दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने बताए । अध्यक्ष अग्रवालको उक्त भनाइमा राजदूत चौधरीले समर्थन जनाए । परिसङ्घका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बङ्गलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसङ्घ तयार रहेको बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बङ्गलादेशलाई आग्रह गरे ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया