झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ओरालो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको चौथो दिन बुधबार १. १८ अंकले बढेर २७७.२ विन्दुमा पुगेको छ ।
बजार परिसुचकमा सामान्य सुधार आएपनि कारोबार रकम भने गिरावट देखिएको छ । कूल २ सय २६ कम्पनीको १ लाख ४ हजार ३ सय ४२ कारोबारबाट ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता शेयर किनबेच भए । मंगलबार १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकाले बुधबार रकममा हस देखिएको हो ।
कारोबार भएकामध्ये एक कम्पनी कम्पनीहरुमा रुरु जलविद्युत परियोजना रहेको छ । यस कम्पनीको शेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ ।
सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय ९.९८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ५९ करोडभन्दा बढीको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया