चार महिनापछि निषेधाज्ञा हटाइयो

काठमाडौँ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटेको छ । जिल्लास्थित कोरोना संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा संक्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएका हुन् ।
जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या दुई सयभन्दा कममा झरेको र दैनिक संक्रमित हुने दरमा कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप नगर्ने निष्कर्षमा पुगेको प्रजिअ पाण्डेले बताए । जिल्ला कोरोना संकट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका उनले बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको तर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नु पर्ने बताए ।
उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नु पर्ने बताए । उनका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति एक सय रूपैयाँ जरिवाना हुने जानकारी दिए ।
बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेमा संक्रमक रोग निवारण ऐनअनुसार कारबाही हुने सम्बन्धित सबै पक्षलाई सचेत गराएका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया