अफगानिस्तानमा रहेको जापानको दूतावास कतार सार्ने तयारी

टोकियो । जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ ।
जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको ठहर गर्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् ।
तालिबान विद्रोहीहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्यौलता सृजना भएकाले विदेशी कूटनीतिक निकायहरुले अफगानिस्तानमै रहेर काम गर्न अप्ठ्यारो मानिरहेका छन् ।
तालिबान विद्रोहीहरुको सरकारप्रति आशंका र त्रास व्यक्त गर्दै अफगानिस्तानबाट अहिले हजारौँ विदेशी तथा स्वदेशी नागरिकले देश छाडेका छन् ।
धेरै देशहरुले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता गराइरहेका बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।
जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गरेका हुन् ।
अफगानिस्तानस्थित दूतावासको काम अहिले पनि अस्थायी रुपमा टर्कीको राजधानी स्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको उनले जानकारी दिए ।
“तालिबानका अधिकारीहरुसँग कुराकानी गर्नुपरेमा दोहामै उनीहरुको राजनीतिक कार्यालय रहेकाले त्यहीँ पनि छलफल गर्न सकिन्छ,” विदेश मन्त्री मोतेगीले भने ।
अमेरिकाले भने गत मंगलबार आफ्ना सबै सैन्य अधिकारीहरुलाई अफगानिस्तानबाट फिर्ता गरेर अफगानिस्तानमा आफ्नो सैन्य संलग्नता अन्त्य गरेको छ ।
अफगानिस्तानबाट हात झिक्नु परेको विषयलाई अमेरिकाले आफ्नो सबैभन्दा लामो युद्धबाट बाहिरिएको रुपमा लिएको छ ।
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया