ओपोद्वारा ए–१६ सार्वजनिक
१८,९९० मै आकर्षक डिजाइनमा हाई परफरमिंग स्मार्टफोन

काठमाडौं । विश्व स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए—सिरिज अन्तर्गत ए–१६ सार्वजनिक गरेको छ ।
आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमता सहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्य अनुरुप ओपो ए–१६को निर्माण स्टाइलिश डिजाइन मनपराउने यूवा लक्षित भई गरिएको छ ।
लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए–१६ मा आनन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । साथै, सहजताका साथ गुणस्तरीय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको छ ।
‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए–१६ मा कुनै सम्झौता गरिएको छैन । ट्रेण्डी डिजाइन सहितको यो फोनमा सक्रिय अवस्थामा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरा पनि दिइएको छ । यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ ।’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।
डिजाइन
क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए–१६ मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा पनि दिइएको छ ।
क्यामेरा
ओपो ए–१६ मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्नेमा विशेष ध्यान दिइएको छ । यसका लागि कम्पनीले फोनमा १३ एमपी मेन क्यामेराका साथमा २ एमपी डेप्थ (बोके) र २ एमपी माक्रो क्यामेरा पनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८ एमपी क्षमता सहितको फ्रण्ट क्यामेरा पनि दिइएको छ ।
ब्याट्री र रोम
ओपो ए–१६ ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमता पनि उपलब्ध गराएको छ । यसका प्रयोग गरिएको उर्जा खपत न्यूनिकरणमा सघाउन प्रशस्त फिचर्स सहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्ता रहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई १००% चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।
प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथ विना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षित रुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए–१६ मा ३ जीबी ¥याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६ जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा पनि फोनमा उपलब्ध रहेको छ ।
बजार उपलब्धता
नेपाली बजारमा ओपो ए–१६ अगष्ट महिनाको २९ तारिकदेखि नै उपलब्ध भइसकेको छ । मूल्य १८,९९० रुपैयाँ निर्धारण गरिएको यो फोन नेपाल भर रहेका ओपोका प्रमुख बिक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया