जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व सङ्कलन

मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७ ७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले जनाएको हो ।
आर्थिक वर्ष २०७५/ ७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व सङ्कलन भएकोे एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी सङ्लकन गर्न नसकिएको उनकाे भनाइ थियो ।
जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएकोे छ ।
वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ । रासस









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया