कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीले लिए सीडीओसँग जानकारी
तनहुँ पहिरो : १२ घर परिवार विस्तापित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् ।
उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पु¥याएको क्षतिबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका हुन् ।
आज बिहान दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका हुन् । मन्त्री खाणले प्राकृत्तिक बिपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्रीले टेलिफोनमा जिल्लाको भानु नगरपालिकाको वडा नम्बर ११ मा मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको आचार्यले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको वडा नम्बर २० र ११ मा गएको पहिरोमा परी पाँच जनाको निधन भएको जानकारी दिए । एक जना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर ढलानका दम्पत्ति कृष्ण श्रेष्ठ र सुन्तली तामाङको निधन भएको गौतमले जानकारी दिए ।
उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता हुनुहुन्छ । त्यस्तै महानगरपालिकाकै वडा नं ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, अन्दाजी ४० वर्षीय विष्णु सार्की र उनका नाम नखुलेका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।
पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ । दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा बिमला केसी घोराही उपमहानगरपालिका १५का बिमला केसी र राधा कुँवर तथा घोराही उपमहानगर पालिका १३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । कारका चालक नरबहादुर पुन घाइते छन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया