अब दोहोरी साँझ र नाइट क्लव पनि सञ्चालन

काठमाडौं । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौंमा अब दोहारी साँझ र नाइट क्लवहरु प्नि सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरी साँझ, नाइट क्लब लगायतका रात्रीकालिन ब्यवसायका साथै लामो समयदेखि बन्द गरिएको सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र डीसीसीएमसीको बैठकले राती १२ बजेसम्म दोहोरी साँझ चल्न दिने निर्णय गरेको हो ।
सरोकारवालाहरुसँगको छलफलमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रात्रीकालिन ब्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरेका हुन् ।
ऋब दोहोरी साँझ राती १२ बजेसम्म र क्लबहरु राती २ बजेसम्म चल्न पाउने प्रजिअ पराजुलीले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने अनुगमन समितिले दोहोरी साँझ र रात्री क्लबको नियमित अनुगमन गर्ने जनाइएको छ ।
त्यस्तै, ५० प्रतिशत दर्शक कम गरेर सिनेमा हल पनि सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । हलमा कर्मचारीदेखि दर्शकलाई समेत स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न छुट दिइएको छ ।
सञ्चालन गर्न दिइएका सबै क्षेत्रले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रजिअ पराजुलीले बताए ।
गत वैशाख १६ गतेदेखि सिनेमा हलहरु बन्द भएका थिए ।
काठमाडौं उपत्यकाभित्र भिडभाड, सभा जुलुस, जात्रा महोत्सव गर्न भने नपाइने प्रशासनले जनाएको छ । प्रशासनको आदेश विपरित काठमाडौंमा राजनीतिक तहका सभा जुलुसहरु भने भइरहेका छन् ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया