आइतबार, फागुन १७, २०८२

सहकारी पत्रकार समाजले मनायो ११ औं स्थापना दिवस

मेरोन्यूज २०७८ भदौ १९ गते २०:४२

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।

उनीहरुले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमुलक समाचार सम्पे्रषण गर्नुपर्ने बताए ।

सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए । ‘सहकारीले तीन खम्बे अर्थनीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । सत्थ्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले निश्पक्ष ढगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सञ्चारमाध्यमकको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए ।

‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवद्र्धनमा सहयोग पुग्छ’, उनले भने,‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया