११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलन नेपालमा
भोलिदेखि ५ दिन चल्ने

काठमाडौं । नेपालको आयोजनामा ११ वर्षपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको सम्मेलन हुने भएको छ । उक्त सम्मेलन भोलि (सोमबार ) २१गतेदेखि ५ दिन अर्थात भदौं २५ सम्म चल्नेछ ।
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओको सम्मेलन आयोजनाको तयारीबारे जानकारी दिएको छ । सम्मेलन नेपाली समयअनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सम्मेलनमा स्वास्थ्यको आपत्कालिन सृदृढिकरण, नसर्ने रोगको नियन्त्रण, कोरोना विरुद्ध खोपको वितरण,एचआइभी, हेपाटाइटिस तथा यौन रोगहरुको उन्मूलनका सम्बन्धमा छलफल हुने जानकारी दिए ।
क्षेत्रिय समितिमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरु रहेका छन्। पछिल्लो पटक सन् २००९ मा नेपालले यस क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।
७४ औं सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रिय निर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीहरु लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरु, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया