११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलन नेपालमा
भोलिदेखि ५ दिन चल्ने

काठमाडौं । नेपालको आयोजनामा ११ वर्षपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको सम्मेलन हुने भएको छ । उक्त सम्मेलन भोलि (सोमबार ) २१गतेदेखि ५ दिन अर्थात भदौं २५ सम्म चल्नेछ ।
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओको सम्मेलन आयोजनाको तयारीबारे जानकारी दिएको छ । सम्मेलन नेपाली समयअनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सम्मेलनमा स्वास्थ्यको आपत्कालिन सृदृढिकरण, नसर्ने रोगको नियन्त्रण, कोरोना विरुद्ध खोपको वितरण,एचआइभी, हेपाटाइटिस तथा यौन रोगहरुको उन्मूलनका सम्बन्धमा छलफल हुने जानकारी दिए ।
क्षेत्रिय समितिमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरु रहेका छन्। पछिल्लो पटक सन् २००९ मा नेपालले यस क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।
७४ औं सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रिय निर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीहरु लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरु, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया