नेपालमा इन्टरनेट खपत दोब्बर

काठमाडौँ । बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज’ मनी हाइस्ट सिजन ५’ नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनी हाइस्ट सिरिजको पाँचौ सिजन दुई भागमा सार्वजनिक भएका छन् । जसमध्ये पहिलो भाग सार्वजनिक भएको छ भने दोस्रो भाग आउँदो डिसेम्बर ३ मा सार्वजनिक हुने छ ।
नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिजमध्ये एक सिरिजको रुपमा रहेको मनी हाइस्ट नेपाली प्रयोगकर्तामाझ पनि त्यतिनै लोकप्रिय छ । जसले नेटफ्लिक्समा मनी हाइस्ट सार्वजनिक भएसँगै धेरै नेपाली उक्त सिरिज हेर्नमा व्यस्त भए । यही व्यस्तताले नेपालको इन्टरनेटलाई पनि व्यस्त बनाएको हो ।
जसको प्रतिफल इन्टरनेटको खपत उच्च हुने पुगेको छ । नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार इन्टरनेटको खपत झण्डै दोब्बर भएको छ । इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ३५ जीबीसम्म पुगेको छ ।
संस्थाका अनुसार सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ देखि १५ जीबी हुने गर्छ । तर, नेटफ्लिक्स सार्वजनिक भएको दिन ट्राफिक उच्च भएको हो । यसअघि फुटबल खेलकै क्रममा गएको नेपालको आन्तरिक इन्टरनेट ट्राफिकले आजसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको थियो ।
नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल भएको दिन आन्तरिक इन्टरनेट ट्राफिक ३९ दशमबल ५ सय ३३ जीबी पुगेको थियो ।

















आज पनि सुनको मुल्य व्यापक वृद्धि
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया