धरानको बीपी प्रतिष्ठानमा लिम्बुवानको तोडफोड

धरान । धरानको बीपी प्रतिष्ठानमा लिम्बुवान कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
विपी प्रतिष्ठानका चिकित्सकहरुको आन्दोलनको विरुद्ध उत्रिएका संघीय लिम्बुवान मञ्चका कार्यकर्ताहरुले प्रतिष्ठानमा पसेर तोडफोड गरेका हुन् ।
उनीहरुले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् ।
स्वास्थ्य सेवा बन्द गरिएको बिरोधमा लिम्बुवान कार्यकर्ताहरुले आन्दोलनकारीले लगाएको तालाबन्दी फुटाएर सेवा सञ्चालन गर्न दबाब दिएका छन् ।
प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै ओपीडी लगायतको सेवा अवरुद्ध गरेका थिए । प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी सेवा ठप्प पारी आइतबारदेखि आन्दोलनमा छन् ।
राजनीतिक दलहरुले आफूहरुको आन्दोलनलाई बिथोल्ने काम गरेर द्वन्द्व बढाएको आन्दोलनरत चिकित्सकहरुले बताएका छन् ।
एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले आइतबार मात्रै विज्ञप्ति जारी गरी चिकित्सकहरुको आन्दोलन फिर्ता गरी सेवा सूचारु गर्न आग्रह गरेका थिए ।










आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया