निजामती कर्मचारी दिवस मनाइँदै, ४० कर्मचारी सम्मानित हुँदै (नामावलीसहित)

काठमाडौँ । देशभर आज निजामती कर्मचारी दिवस मनाइँदै छ । निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मंगलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो ।
दिवसमा सरकारले निजामती कर्मचारीलाई सम्मानित गर्दै छ । दिवसका अवसरमा सरकारले ४० जना निजामती कर्मचारी सम्मानित गर्दै छ ।
सोमबार बसेको मन्त्रीपरषद्को बैठकले ४० जना कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । सरकारले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागेको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ ।
दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने कोही छनोट भएको छैन । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।
दिवसको अवसरमा सरकारले वर्षेनी सर्वोत्कृष्ठ निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ । अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् ।


















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया