पिएनजी ३३ ओभरमा अलआउट, नेपालसामू १३५ रनको लक्ष्य
आयुश राठौर
२०७८ भदौ २२ गते १३:५४

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १३४ रनमा अल आउट गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिएसँगै पपुवा न्युनिनी पराजीत भएको हो ।
टस हारेर फिल्डिङ लगेको नेपालले बलिङ गरेको थियो । नेपालका लागि विक्रम शोब र कुशल मल्लले २–२ र सोमपाल कामीले १ विकेट लिए । दुई खेलको सिरिजअन्तर्गत नेपालले आज पिएनजीसँग पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल भने शुक्रबार हुने छ ।
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजअघि नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया