पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे ।
प्रारम्भिक ब्याटसम्यान आशिफ शेखले ३० रनको योगदान गरे । उनले ४६ बलमा चार चौका प्रहार गरे ।
सोमपाल कामीले ३२ बलमा एक छक्का र एक चौकाको मद्दतमा २२ रन बनाए भने कुशल भुर्तेलले १५ रन जोडे ।
बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुईरदुई तथा नोसिना पोकानाले एक विकेट लिएका थिए ।
पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाएका थिए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन जोडेका थिए ।
टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिदा जासन किला र डामिन राभु सून्य रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।









जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रतिक्रिया