पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे ।
प्रारम्भिक ब्याटसम्यान आशिफ शेखले ३० रनको योगदान गरे । उनले ४६ बलमा चार चौका प्रहार गरे ।
सोमपाल कामीले ३२ बलमा एक छक्का र एक चौकाको मद्दतमा २२ रन बनाए भने कुशल भुर्तेलले १५ रन जोडे ।
बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुईरदुई तथा नोसिना पोकानाले एक विकेट लिएका थिए ।
पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाएका थिए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन जोडेका थिए ।
टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिदा जासन किला र डामिन राभु सून्य रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।


















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया