‘एमसीसी नेपालीभूमी प्रयोग गरेर चीन घेर्ने रणनीति’

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपाली भूमि प्रयोग गरेर चीन घेर्ने अमेरिकाको रणनीति रहेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले सैन्य रणनीतिअनुसार एमसीसी सम्झौता अगाडि बढाएको दाबी गरे ।
अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपालीभूमी प्रयोग गरेर चीन घेर्ने रणनीति रहेकाले खारेज गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओावदी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागू गर्न चाहेको दाबी गरे ।
अमेरिकाले नेपालका बहुमूल्य प्राकृतिक साधन, स्रोतमाथि कब्जा जमाउन र चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी संसदबाट पास गराएर लागु गर्न चाहेकाले खारेज गर्नुपर्नेमा गजुरेलले जोड दिए ।
नेकपा (माले)का महासचिव सीपी मैनालीले अमेरिकाले एमसीसीमार्फत सैन्य साझेदार बनाउन खोजेको भन्दै नेपाल स्वतन्त्र देश भएकोले यसबाट अलग रहनुपर्ने बताए । अमेरिकाले नेपालीभूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबरजस्त संसदबाट पारित गराउन चाहेको उनको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागु भए नेपालीहरुले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने उल्लेख गरे ।
तत्कालिन (नेकपा) ले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भएपनि अमेरिका तयार नभएको पोखरेलको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला अमेरिकाले नेपालीभूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागु गर्न चाहेको भन्दै एमसीसी लागु भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने उल्लेख गरे ।
नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले पनि एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले एमसीसी संसदबाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरु त्यसविरुद्ध उठ्नुपर्नेमा जोड दिए ।
राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले राष्ट्रियतामा प्रतिवद्ध र प्रतिरक्षात्मक शक्ति भनेको कम्युनिस्ट भएको तर अहिले नेपालका केही कम्युनिस्ट पार्टीहरु एमसीसी पारित गराउन लागि परेको आरोप लगाए ।
नेपाल एउटा पञ्चशील सिद्धान्त मान्ने स्वतन्त्र देश भएकोले अमेरिकी सैन्य रणनीतिअनुसार अगाडि ल्याइएको एमसीसी सम्झौता लागु गर्न नहुने केसीले बताए ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष हिमलाल पुरीले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकोले खारेज गर्नुको विकल्प नभएको बताए । उनले एमसीसीलाई संसदबाट पास गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सडकमा आउन अपील समेत गरे ।

















तीन किलो चाँदीसहित एक जना पक्राउ
वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
२० अंकले घट्यो सेयर बजार, काराेबार रकम ८ अर्ब ३६ करोड
Air pollution increasing in Kathmandu Valley
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया