एकीकृत समाजवादीमा जान पाउँ भन्दै एमालेका दुई सांसदले सर्वोच्चमा रिट हाले
मेरोन्यूज
२०७८ भदौ २३ गते १९:५८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै नेकपा एमालेका दुईजना संघीय सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ लागे पनि निर्वाचन आयोगमा सनाखत गर्न छुटेका दुई सांसदले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले यसअघि आयोगको दिएको समयसीमाभित्र सनाखत गर्न छुटेका थिए । पाल्पाका पाण्डे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सम्धीसमेत हुन् ।
दल विभाजनका लागि भदौ २ गते निर्वाचन आयोगमा पेश गरिएको हस्ताक्षरमा नाम नभएको भन्दै आयोगले उनीहरुको सनाखत गर्न अस्वीकार गरेको थियो । उनीहरुले एमालेले कारबाही गर्न नपाउने अन्तरिम आदेशकोसमेत माग गरेका छन् ।
सम्बन्धित
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया