सेनालाई घर बनाउन २५ लाख ऋण दिने प्रधान सेनापतिको घोषणा

काठमाडौं । नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि २५ लाख ऋण दिने घोषणा गरेका छन् ।
उनले सैनिक कल्याणकारी कोषबाट सेनालाई घर बनाउन २५ लाख ऋण दिने घोषणा गरेका हुन् । शुक्रबार पदबहाली गरेपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापछि शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई २५ लाख बराबरको सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरे ।
सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन् भन्ने आफ्नो चाहना भएको उनले बताए ।
राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने पनि प्रधानसेनापछि शर्माले उल्लेख गरे । सोही क्रममा उनले राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गलाई निर्धारित समयमा पूरा गर्न विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया