कारोना अपडेट
९९४ संक्रमित थपिए, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २६ गते १६:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जना गरी ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा ९ सय ९४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ३५७ संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार काठमाडामा २३०, ललितपुरमा ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित १२ जनाको मृत्यु
कोरोना संक्रमण पुष्टी भएका थप १२ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टी गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्ला २४ घण्टामा देशभरबाट १ हजार ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित










आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया