सभामुखले बोलाए सर्वदलीय बैठक
मेरोन्यूज
२०७८ भदौ २७ गते १६:२८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभाको चालु नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि बैठक बस्न सकेको छैन ।
सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्नका लागि सोमवार सर्वदलीय बैठक बोलाएका हुन् ।
सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।
एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप लगाउँदै एमालेले संसद चल्न नदिएर नाराबाजी र विरोध गर्दै आएको छ । सभामुखले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने लगायतको माग एमालेले राख्दै आएको छ ।
यो पनि
सम्बन्धित

















बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया