चीनमा कोरोनाविरुद्ध २ अर्ब १४ करोड डोज खोप लगाइयो
मेरोन्यूज
२०७८ भदौ २७ गते १७:१३

काठमाडौँ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइसकेको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
देशभर दुई अर्ब १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोनाको संक्रमण शुरु भएको थियो ।
कोरोनाबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ ।
कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको संक्रमित भएका छन् भने ४६ लाख ३९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया