‘सर्जिकल सप्लायर्स हुँ’ भन्दै ठगी गर्ने राना पक्राउ

काठमाडौं । ‘सर्जिकल सामग्री सप्लायर्स हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका–४ बागडोलका ४२ वर्षीय सरल रानालाई आइतबार बागडोलबाट पक्राउ गरेको हो ।
महाशाखाका अनुसार रानासहित तीन जनाले काठमाडौंको त्रिपुरेश्वरस्थित किपु साइन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र विक्रम देउवालाई भारत पञ्जाबस्थित म्याड्रिड ह्युज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनधि भएको र विभिन्न साइजका सर्जिकल ग्लोब्स उपलब्ध गराइदिने भन्दै बैंक अफ इण्डिया मालीगुडीको खातामा ४२ लाख २४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।
तर उनीहरुले १०० प्रति ग्लोब्स भएको ८ हजार बक्स पठाइदिने भनेकोमा साइज, परिमाण र लेबल नभएको गुणस्तरहीन ५० प्रति ग्लोब्स भएको बक्स मात्रै पठाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको र अन्य आरोपी उमेश नकर्मी र सन्दीप थापाको भने खोजी भइरहेको महाशाखाले जनाएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया