‘सर्जिकल सप्लायर्स हुँ’ भन्दै ठगी गर्ने राना पक्राउ

काठमाडौं । ‘सर्जिकल सामग्री सप्लायर्स हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका–४ बागडोलका ४२ वर्षीय सरल रानालाई आइतबार बागडोलबाट पक्राउ गरेको हो ।
महाशाखाका अनुसार रानासहित तीन जनाले काठमाडौंको त्रिपुरेश्वरस्थित किपु साइन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र विक्रम देउवालाई भारत पञ्जाबस्थित म्याड्रिड ह्युज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनधि भएको र विभिन्न साइजका सर्जिकल ग्लोब्स उपलब्ध गराइदिने भन्दै बैंक अफ इण्डिया मालीगुडीको खातामा ४२ लाख २४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।
तर उनीहरुले १०० प्रति ग्लोब्स भएको ८ हजार बक्स पठाइदिने भनेकोमा साइज, परिमाण र लेबल नभएको गुणस्तरहीन ५० प्रति ग्लोब्स भएको बक्स मात्रै पठाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको र अन्य आरोपी उमेश नकर्मी र सन्दीप थापाको भने खोजी भइरहेको महाशाखाले जनाएको छ ।













रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया