अर्थमन्त्रीमाथि अधिकांश उद्योगलाई मार्न खोजेको आरोप

काठमाडौँ । प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आउने स्टिल बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगीहरू विरोधमा उत्रिएका छन् । नेपाल रोलिङ मिल एसोसिएसनले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले ६ वटा उद्योगको फाइदाका लागि बहुमत उद्योगलाई मारमा पारेको आरोप लगाएका हुन् ।
सम्मेलनमा रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष किरण शाखसले सरकारले आयात हुने बिलेटमा लाग्ने अन्तःशुल्क दुई हजर ५ सय रुपैयाँ बनाउँदा नेपालमै बिलेट बनाउने उद्योगहरूले ल्याउने स्पञ्ज आइरनमा अन्तः शुल्क भन्सार हटाएकाले ६ वटा कम्पनीबाहेक अरु २४ वटा घाटामा जाने भएकाले बन्द गर्नुको विकल्प नभएको चेतावनीे दिए ।
उत्पादन लागतमा प्रतिकिलो ७ रुपैयाँ फरक परेकाले बजारमा प्रतिस्पर्धा गर्न नसकिने भएकाले १ खर्ब लगानी र १० हजार रोजगारी तत्काल गुम्ने उनको भनाई थियो । उद्योगी प्रदीपकुमार श्रेष्ठले सरकारको यो नियमसँगै फरक पहिचानको उत्पादन दिन खोज्नेलाई सरकारले निरुत्साहन गरेको आरोप लगाए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले नीतिगत अस्थिरता प्रदर्शन गरेर सरकारले लगानीको वातावरण बिथोल्ने काम गरेको बताए ।

















सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया