मंगलबार, पुष १५, २०८२

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ भदौ ३१ गते १२:१९

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको जीप दुर्घटना भएको छ । बिहीबार रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा तीन जनाको मृत्यु र एक जना बालक घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको बताइएको छ ।

ओखलढुंगा घर भएका अन्दाजी ३४(३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्को एक जनाको पहिचान खुलेको छैन । अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि तामाकोशी अस्पताल लगिएको बताइएको छ।

प्रतिक्रिया