खरानी दलेर हिँडेको माधव नेपालको पछि लागेर हुन्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र एमालेमा बिलिन भइसकेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रर्ता प्रतिक्षण भेलालाई सम्बोधन गर्दै उनले माओवादीका नेताहरू एमालेमा रहेकाले प्रचण्डको गुट मात्रै बाहिर गएको बताएका हुन् ।
भेलामा बोल्दै उनले प्रचण्डपछि नेता माधवकुमार नेपालले आफ्नो गुट लिएर गएको बताउँदै एमालेलाई कुनै असर नपर्ने बताए । उनले केही नेताहरूले आफ्नो पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन सहयोग गरे ।
‘हाम्रो पार्टीबाट विरोध गरेर माधव नेपाल जीको नेतृत्वमा एमाले नेतृत्वको सरकार ढाल्यो, हामीसँग सबै कुरा छ, यस्तो सरकार फेरि बनाउँछौँ,’ अध्यक्ष ओलीले भने, ‘म माधव नेपाललाई भन्दिन, तर उनीसँग झुक्किएर गएका साथीहरू फर्किनुहोस्, आफ्नो घरमा आगो लगाएर खरानी दलेर तीर्थयात्रा हिँडेको मान्छेको पछि लागेर हुन्छ ?’
भेलामा बोल्दै ओलीले प्रचण्डमाथि व्यंग्य गरे । ‘एयरपोर्टबाट उडेको जहाज सुरुमा ठूलो देखिन्छ, विस्तारै सानो भएर पछि बिलाउछ,’ उनले भने, ‘प्रचण्डको अवस्था यस्तै हुन्छ, पहिलो केही ठूलो थियो, अहिले अलिअलि देखिन्छ थालेको छ ।










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया