एसियन कप छनोटको पहिलो खेलमै नेपालको हार
मेरोन्यूज
२०७८ असोज २ गते १९:०३

काठमाडौं । एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ ।
शनिबार उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको हो ।
सुरुवाती गोल गर्दै ८९ मिनेटसम्म अग्रता लिएको नेपाललाई फिलिपिन्सले २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा नै नेपालकी स्ट्राइकर विमला चौधरीले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् ।
८९ मिनेटमा फिलिपिन्सकी तेन्नइ एनिसले गोल गरेपछि बराबरीमा रोकिएको खेलको इन्ज्यूरी समयमा फिलिपिन्सकी क्यामेली विल्सनले गोल गरेपछि नेपाल पराजित हुन पुग्यो ।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्ससँगै हङकङ पनि रहेको छ ।
सम्बन्धित








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया