एक करोड ६५ लाख रूपैयाँ भ्रष्टाचार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल खाद्य संस्थान लहान शाखामा कार्यतर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरूले करिब एक करोड ६५ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
वि सं २०७५ सालमा नियमविपरीत ७० हजार क्विन्टल गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा तत्कालीन कार्यालय प्रमुख गंगा प्रसाद साह, लेखा प्रमुख सुनिता कुमारी यादव, मिल सञ्चालकहरू अशोक कुमार राई र लालु प्रसाद अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।
जसमा दुई कर्मचारीले ९७ लाखभन्दा बढी भ्रष्टाचार गरेको खुलेको छ । यस्तै, निल कमल सेलर मिलका सञ्चालक अशोक कुमारले ७ लाख ५१ हजार र गिरधारी खाद्य उद्योगका सञ्चालक लालु प्रसादले ५८ ला रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।












64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
Leader Koirala stresses national reconciliation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया