एक करोड ६५ लाख रूपैयाँ भ्रष्टाचार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल खाद्य संस्थान लहान शाखामा कार्यतर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरूले करिब एक करोड ६५ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
वि सं २०७५ सालमा नियमविपरीत ७० हजार क्विन्टल गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा तत्कालीन कार्यालय प्रमुख गंगा प्रसाद साह, लेखा प्रमुख सुनिता कुमारी यादव, मिल सञ्चालकहरू अशोक कुमार राई र लालु प्रसाद अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।
जसमा दुई कर्मचारीले ९७ लाखभन्दा बढी भ्रष्टाचार गरेको खुलेको छ । यस्तै, निल कमल सेलर मिलका सञ्चालक अशोक कुमारले ७ लाख ५१ हजार र गिरधारी खाद्य उद्योगका सञ्चालक लालु प्रसादले ५८ ला रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।















सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया