शेयर बजारमा सुधारको संकेत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको तेस्रो दिन मंगलबार केही सुधार आएको छ ।
बजार परिसूचक १३ दशमलब ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलब ७ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५१ प्रतिशत बढी रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २२३ कम्पनीको ९५ हजार ६ सय ४६ कारोबारबाट ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँ बराबरका १ करोड ५३ लाख ६ लाख ६१ कित्ता शेयर किनबेच भए ।
मंगलबारको कारोबारमा शुरुवातमा ८३ अंक अर्थात् १८ प्रतिशतको गिरावटपछि बजार स्थिर रहँदै उचालिने संकेत देखिएको हो । मंगलबारको कारोबारले आगामी दिनमा सुधारको सम्भावनाको संकेत गरेको छ ।
शेयर धितो कर्जामा कडाइ, ब्याजदर वृद्धिको हल्ला, सीमित लगानीकर्ताहरुले बजार घटाउन चालेका कदमहरुलाई चिर्दै शेयर बजार सकारात्मक हुने वाटोमा मोडिएको मंगलबारको कारोबारले देखाएको छ ।
योसँगै शेयर कारोबारमा आबद्ध कम्पनीहरुले लाभांश घोषणालाई प्राथमिकता दिइरहेको पनि अहिलेको मूल्यमा लाभांश बढावा हुने लक्षण मंगलबारको कारोबारले देखाएको छ ।

















पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया