प्रचण्ड भन्छन्– माओवादी अब नयाँ शिराबाट अघि बढ्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे ।
पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष प्रचण्डले भने, “जनताले विसं २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन् । वडादेखि केन्द्रसम्म एकताबद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउनसमेत माओवादीले जित्नुको विकल्प छैन ।”
माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष प्रचण्डको छ । जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनःपरिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे ।
उनले भने, “यथास्थितिमा एमसीसी पारित हुने स्थिति बन्दैन, उठेका प्रश्नको ‘सोलुसन’ गरेर मात्र यसका बारेमा सोच्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु, एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन, प्रभाव पनि पार्दैन ।” बागमती प्रदेश र प्रदेश नं १ मा पनि अबको हप्ता दश दिनभित्रमा गठबन्धनको सरकार बन्ने उनले जानकारी दिए ।
पार्टी स्थायी समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्दा जित सुनिश्चित हुने बताए ।
पार्टी प्रदेश समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य हरि अधिकारी(कुमार)ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पार्टी सदस्यता नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि अघि बढाइएको जानकारी दिए ।
केन्द्रीय समितिबाट पारित सङ्गठनात्मक कार्य तोकिएको समयभित्रै भइरहेको बताउँदै उनले जनवर्गीय सङ्गठनका कामलाई समेत छिट्टै सुरु गरिने जानकारी दिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया