बुधबार, वैशाख ३१, २०८२

कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा सुरु

मेरोन्यूज २०७८ असोज ६ गते १६:३९

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा पदाधिकारीहरूको बैठक सुरु भएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्र सुरु भएको हो । बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

यसअघि, पौडेल समुहको बैठक महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो । बैठकले बाँकी १३ जिल्लाको वडा अधिवेशन सकेर मात्र पालिका अधिवेशन गर्नुपर्ने सर्त राखेको छ ।
बैठकमा मन्त्रिपरिषद विस्तार, पार्टी महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया