आइतबार, चैत २९, २०८२

दसैँअघि बालबालिकालाई कोरोनाविरुद्धको खोप : मन्त्री श्रेष्ठ

मेरोन्यूज २०७८ असोज ८ गते १२:०३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकालाई आवश्यक पर्ने कोरोना भाइरस (कोभिड–१९०विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँअघि एक लाख डोज खोप ल्याइने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ, फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यो खोप अत्यधिक चिसोमा राख्नु पर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।’

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया