कांग्रेस पदाधिकारी बैठक जारी, केन्द्रीय महाधिवेशन सार्ने विषयमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक जारी छ । शुक्रबार बिहान साढे १० बजेदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अहिले १४ औँ महाधिवेशनकै विषयमा छलफल भइरहेको जानकारी दिए । बिहीबारको बैठकमा महाधिवेशन पुसको दोस्रो सातामा गर्ने महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव राखेका थिए । अहिले उक्त विषयमाथि छलफल चलिरहेको एक पदाधिकारीले जानकारी दिए ।
बिहीबार साँझ बसेको पदाधिकारी बैठकले दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ गतेभित्र नै २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको थियो । निर्वाचन समितिका सदस्य यगराज पोखरेलका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुने छ ।
५६ जिल्लामा नगरपालिका अधिवेशन भोलि हुँदै छ । यिनै जिल्लाको प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने कांग्रेसको तयारी छ । १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्य तालिका छ ।
प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
















ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया