खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

काठमाडौं । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ ।
कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ ।
कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन् ।
त्यसैगरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दवाब सृजना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ । विषेश गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ । (एजेन्सी)
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया