पदाधिकारीलाई महाधिवेशन सार्ने अधिकार कसले दियो ? : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पदाधिकारी बैठकको निर्णयमाथि प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पदाधिकारी बैठकको निर्णयमाथि प्रश्न गरेका हुन् ।
पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका २१ हिमाली जिल्लामा दसैँअघि जिल्ला अधिवेशन सक्ने र अरु जिल्लामा पछाडि सार्ने निर्णय गरेको थियो । ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नुको कारण के हो ?’ उनले प्रश्न गरे, ‘सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’
उनले महाधिवेशनबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकलाई नभएको समेत दाबी गरेका छन् । ‘अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ, महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ?’ उनले थपे ।
साथै क्रियाशील विवाद समाधान गर्न भइरहेको ढिलाईप्रति उनले शंका गरेका छन । ‘क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन सुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो,’ उनले भने ।

















बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया