चौथो चरणको इपीएल क्रिकेट आजदेखि, च्याम्पियनले ५० लाख पाउने

काठमाडौँ । घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । क्रिकेट मैदान टियुमा चौथो संस्करणको प्रतियोगिता आगामी २३ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागी हुने भएको छ । १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्र्स र काठमाडौं किंग्स इलाभेनबीच हुने छ ।
इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको प्रतियोगिता यो पहिलोपटक हो ।
इपिएलको चौथो संस्करण सन् २०१९ मा हुनु पर्नेमा दुई वर्ष ढिला गरी यसपाली हुने भएको हो । प्रतियोगितामा काठमाडौँ किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा राइनोजका कप्तान विनोद भण्डारी तथा विराटनगर वारियर्सका कप्तान करण केसी हुन् ।
प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्ने छन् ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया