चौथो चरणको इपीएल क्रिकेट आजदेखि, च्याम्पियनले ५० लाख पाउने

काठमाडौँ । घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । क्रिकेट मैदान टियुमा चौथो संस्करणको प्रतियोगिता आगामी २३ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागी हुने भएको छ । १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्र्स र काठमाडौं किंग्स इलाभेनबीच हुने छ ।
इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको प्रतियोगिता यो पहिलोपटक हो ।
इपिएलको चौथो संस्करण सन् २०१९ मा हुनु पर्नेमा दुई वर्ष ढिला गरी यसपाली हुने भएको हो । प्रतियोगितामा काठमाडौँ किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा राइनोजका कप्तान विनोद भण्डारी तथा विराटनगर वारियर्सका कप्तान करण केसी हुन् ।
प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्ने छन् ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया