कांग्रेस अधिवेशन: ५४ जिल्लामा शुरु, १० जिल्लामा स्थगित, १३ जिल्लामा क्रियाशील सदस्यतामै विवाद

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लाका स्थानीय तहहरुमा अधिवेशन सुरु भएको छ ।
शनिवार ६४ जिल्लाका नगर तथा गाउँ पालिकामा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि १० जिल्लामा भने तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।
स्थगित भएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वडा अधिवेशन सम्पन्न भएपछि कांग्रेसल पालिकामा अधिवेशन शुरु गरेको हो ।
वडा अधिवेशन र नगर तथा गाउँपालिका अधिवेशन भइसक्दा प्रदेश २ सहित १३ जिल्लामा क्रियाशील सदस्यताकै विवाद कायम छ ।
कांग्रेस निर्वाचन समितिकाअनुसार, आगामी असोज १६ गतेसम्म ६४ जिल्लाकै सबै पालिकामा अधिवेशन सम्पन्न भइसक्नेछ ।
निर्वाचन समितिकाअनुसार शनिबार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँके गरी ५ जिल्लाको क्रियाशील सदस्यताको सूची समितिलाई प्राप्त भएको छ ।













यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया