शनिबार, फागुन ९, २०८२

समूहगत छलफलमा आएका प्रश्नको अध्यक्ष ओलीले जवाफ दिदै

मेरोन्यूज २०७८ असोज १० गते ७:५९

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुनः बस्दैछ । बैठक आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा ११ बजे बस्ने लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा तीन वटा मस्यौदामाथि उठेका प्रश्नको पार्टी अध्यक्ष केपी शर्मा ओली जवाफ दिने छन् । शुक्र र शनिबार बसेको बैठक थप एक दिन लम्बिएको हो ।

शुक्र र शनिबार सक्नेगरी केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर, छलफल नसकिएपछि बैठक एक दिन लम्बिएको हो । १५, १६ र १७ असोजमा हुने विधान महाधिवेशनमा पेस हुने राजनीतिक, संगठनात्मक र विधान संसोधन प्रतिवेदनलाई अन्तिम रुप दिन केन्द्रीय कमिटी बैठक बोलाइएको थियो ।

उक्त प्रतिवेदनहरु केन्द्रीय कमिटीबाट पारित गरेर एमालेको विधान महाधिवेशनमा पेश हुँदैछ । अध्यक्ष ओलीले प्रतिवेदन मस्यौदा फास्ट ट्रयाकमा सक्ने गरी दुई दिन बैठक राखेका दिए । तर, शुक्रबारबाट सुरु भएको बैठकमा समूहगत छलफल गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्नु पर्ने सुझाब आएको थियो ।

त्यसपछि प्रदेशगत समूह भनाएर शनिबार समूहगत छलफल भएको थियो । समूहगत छलफलमा आएका प्रश्नको अध्यक्ष ओली जवाफ दिएर आज बैठक सकिदैछ ।

प्रतिक्रिया