फ्रान्सका ५ बहालवाला मन्त्रीको फोन नम्बर पेगाससको निगरानीमा

काठमाडौँ । फ्रान्सका पाँच बहालवाला मन्त्रीहरूको फोन नम्बर विश्वका खतरनाक इजरायली जासुसी संस्था पेगाससमा परेको छ । फ्रान्सका ‘इन्भेस्टिगेटिभ वेवसाइट मेदियार’ले मन्त्रीहरूको फोन नम्बर पेगाससमा परेको पत्ता लगाएको हो ।
उक्त वेवसाइटका अनुसार शिक्षा मन्त्री ज्या मिशेल ब्ल्याक्वेर, क्षेत्रीय सामञ्जस्य मन्त्री ज्याकलिन गौराल, कृषि मन्त्री जुलियन देनारमण्दे, आवास मन्त्री इम्यानुयल वारगा र विदेश विभाग मन्त्री सेबेस्टिन लेकारन्युको फोन नम्बर जासुसी संस्था पेगाससमा परेको हो । पेगासस एक सैन्य ग्रेड स्पाइवेयर इजरायल आधारित एनएसओ समूहद्वारा सञ्चालित जासुसी संस्था हो ।
रिपोर्टका अनुसार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोका राजनीतिक सल्लाहाकार एलिसे प्यालेसको फोन नम्बरसमेत पेगाससमा भेटिएको छ । उनीहरूको फोन नम्बर जुलाई २०२१ मा फोरेन्सिक एनालिसिसमा जाँच भएको थियो ।
एक अन्तर्राष्ट्रिय मिडिया कन्सोर्टियमसहित विश्वका ठूला मिडियाहरूले पेगासस प्रोजेक्टका बारेमा खुलासा गरेको थियो । इजरायलको एनएसओ ग्रुप कम्पनीअन्तर्गत रहेको पेगासस स्पायवेयरले नेता, पत्रकार, कार्यकर्ता, उच्च अदालतका अधिकारीको फोन नम्बरमाथि निगरानी राख्दै आएको देखिए छ । जसमा फ्रान्समा मात्रै करिब ५० हजारभन्दा बढी नम्बरहरूमाथि निगरानी राख्दै आएको खुलासा भएको छ ।
मानवाधिकार संगठन एमनेस्टी इन्टरनेशनलले आफ्नो सुरक्षा प्रयोगशालामा उक्त नम्बरहरूको जाँच गरेको थियो । जसमा फ्रान्सका विशिष्ठ व्यक्तिहरूको नम्बर निगरानीका साथै ह्याक भएको पत्ता लागेको हो ।
त्यस समयमा पेगाससमा परेका मन्त्रीहरूको फोन नम्बर एमनेस्टीद्वारा जाँच गरिएका थिएनन् । यदि, ‘इन्भेस्टिगेटिभ वेवसाइट मेदियार’को खुलासा सही भए पश्चिमको एक शक्तिशाली लोकतान्त्रिक देश फ्रान्सका नेताहरूमाथि समेत पेगाससले हमला गरेको पुष्टि हुनेछ ।
पेगासस रिपोर्टले यो पनि भनेको छ कि फ्रान्सका राष्ट्रपति म्याक्रो तथा उनको २० मन्त्री मण्डलका मन्त्रीहरूको फोन नम्बर सार्वजनिक सूचीमा रहेको थियो । एजेन्सी
यो पनि पढ्नुहोस्
‘पेगासस’द्दारा जासुसी गरिएको फरेन्सिक परिक्षणबाट पुष्टि : निशानामा परेका थिए भारतीय यी पत्रकार
भारतका लागि नेपाली राजदूत आचार्यको फोन जासुसीको सूचीमा
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया