चीनको सिचुवानमा पहिरो, दुईको मृत्यु, १२ जना बेपत्ता, ५० जनाको जिवितै उद्धार
मेरोन्यूज
२०७८ असोज १० गते १८:५८

बेइजिङ् । चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् ।
बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा दुई मृत शरीरसहित ५० जनालाई घटनास्थलबाट निकालिएको छ । घाइते अवस्थामा उद्धार गरिएका सबैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
तियानक्वान काउन्टीको प्रशासनिक केन्द्र याआन शहरको आकस्मिक व्यवस्थापन ब्यूराका अनुसार हराइरहेका नागरिकको खोजीका लागि कम्तीमा ७०० उद्धार अधिकारी र ७० भन्दा बढी गाडीहरू घटनास्थलमा पठाइएको छ । (एजेन्सी)
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया