भन्सार कार्यालयमा थन्किए सवारी साधन

कञ्चनपुर । लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकल लगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको संक्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो ।
बढ्दो कोरोनाको संक्रमणका कारण मूल्यांकन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । “भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्यांकन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन”, उनले भने, “अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ । इञ्जिनीयरको फुर्सद नहुँदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।”
उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो । कति वर्ष पुरानो हो । उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्यांकन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ । भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया