खेल मैदान भिजेकाले इपीएल खेल स्थगित

काठमाडौँ । राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । पानी परेर मैदान भिजेसँगै खेल स्थगित भएको हो ।
निर्धारित समयभन्दा दुई घण्टासम्म खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाले आउटफिल्ड भिजेकाले टससमेत नभई प्रतियोगिता स्थगन भएको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।
यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौँ आएका थिए । त्यस्तै, करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो ।
पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया