बुधबार, पुष २, २०८२

एडभान्स्ड अटोमोबाइलले ल्यायो ‘रेनो शुभ कार–रम्भ’ योजना

मेरोन्यूज २०७८ असोज ११ गते १८:३३

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना “रेनो शुभ कार–रम्भ” को शुरुवात गरेको छ ।

नेपालीहरुको महान चाड दशैं–तिहारको अवरमा अटोमोबाइल्सले ‘रेनो शुभ कार–रम्भ’ योजना अघि सारेको हो । यो योजना अन्तर्गत रेनो गाडीको खरिदमा ग्राहकहरुले ३ लाख रुपैंयासम्म फाइदा लिन सक्ने अटोमोबाइल्सले जनाएको छ ।

यो योजना अन्तर्गत ग्राहकले सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागि निः शुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुने जनाइएको छ ।

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले जनाएको छ ।

प्रतिक्रिया