जापानबाहेक अरु सबै देशको मुद्रामा लगातार वृद्धि

काठमाडौं । जापान बाहेक अरु देशको विदेशी विनिमय दरमा लगातार वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचनामा अमेरिकी डलरमा २३ रुपैयाँले वृद्धि भई १ डलरकोे खरिददर ११७ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ४५ पैसा छ ।
यस्तै युरोपियन युरो पनि बढेर १ को खरिददर १३७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर १६२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
यसैगरी विनिमयदर बढ्नेमा अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ८६ रुपैयाँ ४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर ९३ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर ९३ रुपैयाँ ६८ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ४९ पैसा कायम हुँदा सोमबारभन्दा महंगो भएको राष्ट्र बैंकले जनाएको छ ।
विनियमदर वृद्धिको पाइला चाल्नेमा चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३३ पैसा रहेको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा सोमबारभन्दा बढेरै कायम रहेको हो । कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ३६ पैसा छ भने बिक्रिददर ३२ रुपैयाँ ५३ पैसा छ ।
यस्तै, मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।
संयुक्त अरब इमिरेट्स १ दिरामको खरिददर ३२ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा कायम रहेको केन्द्रीय बैंकले जनाएको छ ।
साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जापानी यन सोमबार समान १० को खरिददर १० रुपैयाँ ६२ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ६८ पैसा रहेको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया