असोज २३ देखि तारा एयरको पोखरा–जोमसोम उडान

काठमाडौं । तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो ।
नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । राती पोखरामा जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेको उनले बताए ।
जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवा कम्पनीले बिहान १२ बजेभित्र नै उडान भरिसक्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौँमा नियमित वायुयान राखेर दुर्गम क्षेत्रमा सेवा दिँदै आएको छ ।
तारा एयरसँग हाल दुर्गममा उडान भर्नका लागि चारवटा टुइनवटर विमान रहेका छन् । यसमार्फत लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया