भ्रष्टाचारको आरोपमा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्री जेल चलान
काठमाडौँ । अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका उनीहरूलाई अदालतले सजाय तोकेको हो ।
पूर्वप्रधानमन्त्री अहमद ओयुयाहीयालाई ६ वर्ष र अर्का पूर्वप्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई ५ वर्ष जेल चलान गरिएको समाचारमा जनाइएको छ ।
उनीहरूलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेकोलगायतका मुद्दा लगाइएको समाचारमा जनाइएको छ । सरकारी अधिकारीका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ ।
भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै ५ वर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ ।
पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बन्नु भएको थियो ।
त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नु भएको थियो । उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक रहेका थिए । तत्कालीन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए ।
हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दबाबका कारण उनले राजीनामा दिनु परेको थियो । उनले यही सेप्टेम्बर महिनामा ८४ वर्षको उमेरमा निधन भएको छ ।


















सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया