न्यादी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले आजदेखि आइपिओ खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ जारी गरेको हो । कम्पनीले निष्काशन गर्ने आइपिओमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सेयर सर्वसाधारणले आजको कार्यालय समयदेखि आवेदन दिन पाउने छन् । निष्काशन गरेका सेयरमा सर्वसाधारणले आगामी असोज १९ गतेसम्म भर्न पाउने छन् ।
सर्वसाधरणले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन पूरा नभए असोज ३१ गतेसम्म म्याद हुने कम्पनीले जनाएको छ ।
कम्पनीले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गर्दै आएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया