न्यू डायमन्ड र त्रिभुवन आर्मी एनभीए च्याम्पियन

काठमाडौं । छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेटमा २५–१७ को जीतको नतिजा निकालेको थियो ।
पहिलो सेट गुमाएको न्यू डायमन्डले लगातार तीन सेट जित्दै उपाधि हात पा¥यो । न्यू डायमन्डले उपाधिसँगै चार लाख रूपैयाँ नगद पुरस्कार पाएकोछ ।
यस्तै, उपविजेता एपीएफले दुई तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबले एक लाख रूपैयाँ प्राप्त गरेको छ ।
यस च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा हुने लिगका लागि छनोट पनि भएका छन् ।


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया