माओवादी पत्रकारको महाधिवेशन कात्तिकमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ ।
प्रेस संगठनको शनिवार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनअघि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कात्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कात्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकिएको छ ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस सङ्गठन बनेको थियो ।
पार्टी विभाजन भएपछि एमाले निकट पत्रकार सङ्गठनको नाम प्रेस चौतारी भए पनि माओवादी केन्द्र निकट पत्रकारको सङ्गठनको नाम प्रेस सङ्गठन नै रहेको संयोजक महेश्वर दाहालले जानकारी दिए ।
बैठकले केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत गर्ने भएको छ ।
बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी सङ्गठनको विधान प्रस्ताव गर्नुका साथै विधानमा सङ्घ, प्रदेश र स्थानीय पालिकाका शाखालाई बलियो बनाउने प्रस्ताव गरेको छ ।









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया